• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

कृषि तथा पशुपालन ऋण

कृषि तथा पशुपालन ऋण

Interest Rate: 11%

Features

एकीकृत कृषि (कुखुरा, बंगुर, माछा, हाँस) कृषि वन, तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरीद, मलखाद खरिद, कुखुरा पालन, माछापालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कफि खेती, चिया खेती, नर्सरी, पशुपालन आदि कार्यका लागि प्रदान गरिने ऋणलाई कृषि तथा पशुपालन ऋण भनिनेछ । २ ऋणको सीमा र अवधि यस शीर्षकमा देहायबमोजिम ऋणको सिमा र अवधि कायम रहनेछ । क) साना परियोजना ःसाना परियोजना अन्र्तगत अधिकतम रु ३ लाख ऋण प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा २ वर्षको रहनेछ । ख) मझौला परियोजना ःमझौला परियोजना अन्र्तगत अधिकतम रु ३ देखि १० लाख प्रदान गर्न सकिनेछ र यसको अधिकतम अवधि ३ वर्षको रहनेछ । ग) ठूला परियोजना ः ठूला परियोजना अन्र्तगत रु १० लाख भन्दा बढि रकम प्रदान गर्न सकिनेछ । यसको भुक्तानी अवधि ५ वर्षको रहनेछ । ३ व्याजदर यस शीर्षकमा व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ । ४ ग्रेस समयः उल्लेखित सम्पूर्ण ऋणहरुमा अधिकतम ३ महिनासम्मको ग्रेस समय प्रदान गर्न सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लोखित समय अनुसार व्याज भुक्तानी गर्नुपर्ने छ । ५ भुक्तानी तरिका ः ऋणको भुक्तानी एक मुष्ट वा किस्तावन्दी रुपमा गर्नुपर्नेछ । परियोजना र ऋणीको आम्दानीको विश्लेषण गरी आपसी सहमतीको आधारमा मासिक वा त्रैमासिक किस्तावन्दी लागू गरिनेछ । तर मासिक किस्ताबन्दीको व्याजदर त्रैमासिक किस्तावन्दीको भन्दा १ प्रतिशत कम हुनेछ ।